संवैधानिक परिषदद्वारा संवैधानिक आयोगमा नियुक्तिको सिफारिस

काठमाडौँ / बालुवाटारमा बसेको संवैधानिक परिषद्काे बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने बैठकमा अनुपस्थित भएका थिए। कुन आयोगमा कसलाई नियुक्तिको सिफरिस गरियो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया