इडिभी २०२२ को नतिजा सार्वजनिक

काठमाडौं / अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिएकाे छ । नतिजा http://deprogram.state.gov मा गएर नतिजा हेर्न सकिने जनाएको छ ।

नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ। अमेरिकी विदेश मन्त्रालयले डिभी परे/नपरेकोबारे कुनै इमेल नआउने भएकाले डिभी परेकाले अब गर्ने भन्ने प्रक्रिया पनि सोही वेबसाइटमा उल्लेख भएको जनाएको छ।

तपाईको प्रतिक्रिया