के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ?

माेरङ । यतिवेला कोरोना भाईरस (कोभिड १९ ) को महामारीको चपेटामा विश्व समुदाय नै आक्रान्त छ । विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुराहरु तहसनहस भईसकेको छ । कोभिडको दोस्रो चरण चलिरहँदा पहिलो चरण भन्दा दोस्रो चरणमा अझ ठुलो मानवीय क्षति हुने कुरामा कुनै दुईमत छैन । विश्व समुदाय नै यतिबेला कोरोना बिरुद्धको लडाँई लडिरहेको छ तरपनि त्यो प्रयास बिफल बन्दै भएको छ । अझ नेपालको कुरा गर्ने हो भने त सरकारी तयारी र कोभिड बिरुद्ध अपाईनुपर्ने सावधानी लगभग शुन्य जस्तै छ । भगवान भरोसामा चलेको मुलुकमा भगवान पशुपतिले रक्षा गरुन भन्नु शिवाय अर्को कुनै बिकल्प देखिन्न ।

केन्द्रमा कुर्सी र सत्ताको लडाँई छ भने प्रदेश सरकार निरिह जस्तै छ,स्थानीय सरकार प्रचार र सस्तो लोकप्रियताका लागि यो वा त्यो घोषणा गर्दै सामाजिक सञ्जाल रंग्याउने र मृतक र संक्रमितको संख्या गनेर बस्ने शिवाय अर्को गतिलो काम केही देखिन्न । बरु पहिलो चरणमा कम्तिमा स्थानीय तहले आईशोलेसन निर्माण गरेका थिए,बिरामीलाई अस्पताल सम्म लैजान एम्बुलेन्सको ब्यबस्था देखि संक्रमितको हेरचाहमा समेत धेरथोर सहयोग गरेको थियो । दोस्रो चरण झन भयावह बन्दा तयारी लगभग शुन्यको अबस्थामा देखिन्छ ।

कतिपय स्थानीय तहमा यतिबेला मेयर र उपमेयरले आफु चढने गाडी संक्रमितालई बोक्न दिएको भन्दै वाहवाही गरिरहेका छन । जनताको करबाट खरिद गरेको सम्पत्ति जनतालाई प्रयोग गर्न दिँदा त्यत्रो संसार नै जित्ने उपलब्धि के भयो र ? फेरि संक्रमितलाई आबश्यक पर्दा ती सवारीहरु उपयोग गर्न समेत पाउँदैनन । यो सस्तो लोकप्रियता बाहेक केही हैन ।

रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय हो । स्थानीय तहहरु सँग प्रशस्त समय थियो जुन बेला धेरै तयारी गर्न सकिन्थ्यो । तर त्यो बेला तयारी पटक्कै गरिएन । जुन काम समयमा गर्नुपर्ने हो त्यो गरिन्न । जब समय सकिन्छ अनि यो गर्छु र त्यो गर्छु भन्दै सामाजिक सञ्जालमा कोकोहोलो मच्चाउने र सस्तो लोकप्रियता आर्जन गर्ने बाहेक अर्को काम गरेको खासै देखिन्न ।

बजारमा हरेक सामानको भाउ आकाशिएको छ । सावक मुलय भन्दा दोब्बर मुल्य सामानको भाउ बढाईँदा समेत स्थानीय तहहरु मौन छन । कतिपय स्थानमा कृत्रिम अभाव समेत सिर्जना गरि सामानको भाउ बढाइृएको छ । यो बेला जनताले चुनेर पठाएका जनप्रतिनिधि कहाँ छन ? अनि स्थानीय सरकारहरु कहाँ छन ? स्थानीय तहहरुले आफुले पाएको अधिकार मात्र सदुपयोग गरेर जनताको काम गर्ने हो भने धेरै काम गर्न सकिन्छ । वर्थडे र विवाह पार्टीहरुमा चियसै गर्दै टाउको जोडेर फोटो खिचेर सामाजिक सञ्जाल रंग्याउने जनप्रतिनिधिहरु जनता रोग,शोक र भोकले आुकल ब्याकुल हुँदा कहाँ कुन दुलोमा के गर्दैछन ? के यतिबेला तपाईहरुको केही जिम्मेवारी छैन ? तपाईहरु कहाँ के गर्दैहुनुहुन्छ । सबै जनप्रतिनिधिहरु गलत नै छन भन्ने होईन तरपनि गलत काम गर्नेकै संख्या बढी देखिन्छ ।

यो बेला जनप्रतिनिधि र स्थानीय सरकारले मृतक र संक्रमितको संखया गनेर बस्ने भन्दा पनि बजार अनुगमन देखि संक्रमितहरुको परिक्षण,उद्धार,राहत र उपचारको ब्यबस्थामा ध्यान दिने बेला हो । त्यसतर्फ ध्यान केन्द्रित गरौँ । आफु बाचौँ र अरुलाई पनि बचाऔँ । सबै सुरक्षित रहौँ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के स्थानीय सरकारको काम मृतक र संक्रमितको संख्या गन्दै बस्ने मात्र हो ?

बिशेष सम्पादकीय : पूर्वेली न्यूजको ६ बर्षे यात्रा स्वतन्त्रता, न्याय, सदाचार र शुशासनका लागि निरन्तर खबरदारी !

धर्मिक र ऐतियहासिक क्षेत्र बेलबारीको धनपाल गढी

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

तपाईको प्रतिक्रिया