सुनसरीमा १ सय ५६ संक्रमित निको भए

इनरुवा / सुनसरीमा उपचार पश्चात १ सय ५६ जना कोरोना संक्रमित निको भएका छन् । सुनसरीमा पीसीआर र एन्टिजेन परीक्षणको क्रममा अहिले सम्म ९ सय ६६ जना पोजेटिभ पाइएकोमा ११ जनाको मृत्यु हुँदा १ सय ५६ जना उपचार पश्चात निको भएका छन् । कार्यालयमा प्राप्त विवरणका आधारमा सुनसरीमा मृत्यु हुनेमा इटहरी र इनरुवाका ४–४ जना छन् भने धरानका २ र बर्जुमा १ जना रहेको स्वास्थ्यले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हाल सम्म कुल सक्रिय संक्रमितको संख्या ७ सय ९९ रहेको छ । स्वास्थ्यले कार्यालयमा उपलब्ध तथ्याङकको आधारमा दिएको जानकारी अनुसार धरानमा ३ सय १ जना संक्रिय संक्रमित रहेका छन् । इटहरीमा २ सय ८५ संक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार नगरपालिका तर्फ बराहक्षेत्रमा २१, इनरुवामा ८४, दुहवीमा १३, रामधुनीमा २५ जना सक्रिय संक्रमित रहेको छन् ।

यस्तै गाउँपालिका तर्फ कोशीमा ७, हरिनगरमा ८, भोक्राहामा ६, देवानगञ्जमा १२, गढीमा ९ र बर्जुमा १६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पालिका नखुलेको १२ जना समेत सक्रिय संक्रमितको सुचीमा रहेका छन् । संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया