न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडौँ / न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्व महान्याया धविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् भएको थिए ।

तपाईको प्रतिक्रिया