सुनसरीमा पूर्ण निषेधाज्ञा जारी : हिडडुलमा राेक, जाेर बिजाेर हट्याे

इटहरी / सुनसरीमा पूर्ण निषेधाज्ञा जारी गरीएकाे छ । काेराेना संक्रमितकाे संख्या दैनिक बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय सुनसरीले यसअघिकाे निषेधाज्ञामा थप कडाइ गर्दै पूर्ण निषेधाज्ञा जारी गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यलयका अनुसार मंगलबारबाट बैशाख ३१ गते सम्मकालागी पूर्ण निषेधाज्ञा जारी भएकाे छ । मंगलबार राति १२ बजेबाट जाेर बिजाेर प्रणालिमा संञ्चालन हुँदै आएकाे सवारीसाधनमा पूर्ण रूपमा राेक लगाइने छ । लामाे दुरीका सवारी साधनले सुनसरी जिल्लामा राेक्न नपाइने भएकाे छ ।अत्यावश्यक बाहेक हिडडुलमा राेक लगाइएकाे छ ।

खाद्यलगायत अत्यावश्यक बस्तुका पसलहरू संञ्चालन गर्ने समय छाेट्याइ १० बजे सम्म मात्र संञ्चालन गर्न दिनेछ । यसअघि बिहान ११ बजे सम्म संञ्चालन गर्न दिएकाे थियाे ।

तपाईको प्रतिक्रिया