पोखरामा एउटै रुखमा युवा युवती मृत फेला

पोखरा । पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०/३२ वर्षको युवा तथा अन्दाजी २८/३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिएका छन् । पोखराको एक होटलमा आफ्नो नाम किरण भट्टराई र ठेगाना सुनसरी उल्लेख गरेका ति युवा सोमबार राति साढे नौ बजेतिर युवति संगै होटलबाट बाहिरिएका सिसि टिभी फुटेजमा देखिन्छ ।

पोखरा – ६ बुलौदी भन्दा भित्र पट्टि वडा नम्बर १८ को जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान उनीहरू मृत अवस्थामा फेला परेको डिएसपी हमालले बताए ।

उहाँले भन्नुभयो – “जमिन देखि करिब ४/५ मिटरको उचाइमा रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हो, मृतकहरूको पहिचान खुलिसकेको छैन।“ अहिले प्रहरी टोली घटनास्थलमा नै रहेको र अनुसन्धान भइरहेकाले आत्महत्या हो, होइन भन्नेबारे अनुसन्धान पश्चात् मात्र थाहा हुने उहाँले बताए ।

तपाईको प्रतिक्रिया