सुन्दरहरैचा मेयर कप : आयोजक र पथरीशनिश्चरेबिच फाईनल भिडन्त

सुन्दरहरैंचा । सुन्दरहरैंचामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको प्रतियोगिताको फाइनल खेलमा उपाधिका लागी १४ गते मंगलबार आयोजक सुन्दरहरैंचा तथा पथरीशनिश्चरे नगरपालिका बीच भिडने भएका छन ।

आईतबार भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक सुन्दरहरैंचाले उर्लाबारी नगरपालिकालाई शुन्यका विरुद्ध १ गोल गरि पराजित गर्दै फाईनल प्रबेश गरेको हो । शुक्रवारे खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामा सुन्दरहरैंचाका लागि दोश्रो हाफको २ मिनेट बाँकी रहँदा जर्सि नम्बर ११ का आसिष चौधरीले गरेको गोल नै निर्णायक बन्न सफल भयो । यस अघि दुवै तर्फका खेलाडीले पाएका अवसरमा गोल गर्न नसक्दा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलको म्यान अफ दी म्याच आयोजक सुन्दरहरैंचाका आशीष चौधरी घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।

खेलमा पहिलो हाफ सकिएर दोश्रो हाफ सुरु हुनु अघि केहिबेर तनाव समेत उत्पन्न भएको थियो । सुन्दरहरैंचाका समर्थकले रेफ्रिमाथि हातपातको प्रयास गर्दा खेल मैदानमा केहीबेर तनाव उत्पन्न भएको हो ।

प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र विराटनगर महानगरपालिका गरी ९ वटा टिमले प्रतिष्पर्धा गरेका छन् । प्रतियोगितामा विजेता पालिकाले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० शिल्ड मेडल तथा प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया