मोरङमा फेरि पनी रेफ्रि कुटिए

पथरी / रेफ्रि कुट्ने जिल्ला भनेर चिनिएको नेपालको मोरङमा फेरी रेफ्रि कुटिएका छन । मोरङको सुन्दरहरैचा वडा नं. १२ मा जारि प्रथम मेयर कपको अन्तिम सेमिफाइनल खेलमा रेफ्रि विनोद धिमालमाथि हात पात भएको हो ।

सानो र असुरक्षीत खेल मैदान भएका कारण दर्शकले खेल मैदानमा प्रबेश गरि रेफ्रि माथि हात पात गरेका छन । पहिलो हाफ सकिए लगतै खेल मैदान भित्र प्रबेस गरेर हात पात हुदा सम्म आयोजकले कुनै सुरक्षा रतर्कता अपनाएको देखिदैन । उर्लाबारी र आयोजक बिचको गोल रहित बराबरीमा रहेको खेलमा पेनल्टी नदिएको भन्दै दर्शक खेल मैदानमा प्रबेस गरेका थिए । आयोजक टिमका समर्थक सुन्दरहरैचाका खेम सुबेदीले मैदानमा प्रबेश गरि गरेको रेफ्रिमाथीको हातपातले आयोजक पुर्व तयारी र सुरक्षामा प्रश्न तेर्सिएको छ ।

शुक्रबारे युवा क्लबका अध्यक्ष जय नारायण चौधरी र आयोजकको फितलो सुरक्षा भित्र खेल खेलाउन बाध्य भएका मोरङका रेफ्रिहरुले कुटाई खाएको यो नै पहिलो घटना भने हैन । मोरङका खेल मैदानमा आयोजकले हचुवाको भरमा खेल खेलाउदा एक पछि अर्को रेफ्रिले कुटाई खाने गरेका छन । मोरङको पथरीशनिश्चरे, लक्ष्मिमार्ग सुन्दरहरैचा लगायतका खेल मैदानमा रेफ्रि कुटिन थाले पछि मोरङ रेफ्रि कुटाई खाने देशको राजधानी नै बनेको छ ।

मोरङको सुन्दरहैरैचाको शुक्रबारे खेल मैदानमा यो स्तरको खेल १७ बर्ष पछाडी भएको स्थानिय बताउछन । १७ बर्ष अगाडी उत्त खेल मैदानमा भएको प्रतियोगितामा खेलाडी खेलाडी विच ठुलो झगडा भएको थियो । उत्त झगडा पछि यहा कुनै खेल हुन नसकेन एक फुटवल प्रेमी दर्शकले बताए ।

खेल मैदान असुरक्षीत हुदा हुदै र १७ बर्ष अगाडी त्यस्तो घटना हुदा सम्म आयोजकले कुनै सावधानी अपनाएको देखिदैन । खेलमैदानमा कुखुरा, कुकुर पस्नु सामान्य देखिन्छ । खेलाडीले गोल गरेको खुसीमा दर्शक मैदानमा परेर खेलाडीलाई अंकमाल गनु कुनै ठुला कुरा होइन्न । सायक रेफ्रि दर्शकको खुटामा ठोकीनु कुनै नौलो कुरा हैन । शुक्रबारे युवा क्लवले बिना तयारी खुल्ला खेल मैदानमा प्रतियोतिता गराएको छ ।

रेफ्रिहरु असुरक्षित भएका कारण खेल नखेलाउने निर्णन भए पनि खेलमा लिल्ला फुटवल संघका अध्यक्ष तथा पदाधिकारीको अनुरोधमा खेल सम्पन्न भएको छ । बिबादका कारण रोकिएको दोस्रो खेलमा सुन्दरहरैचाले उर्लाबारीलाई पराजित गरेको छ । १४ गते हुने फाईनल खेलमा सुन्दरहरैचाले पथरी स्पोटिङ क्लवको सामना गर्ने छ । बैशाख ६ गते देखि सुरु भएको प्रतियोगिताको विजेताले नगद ३ लाखका साथ ट्रफि हात पर्ने छभने दोस्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छ । प्रतियोगिताको आयोजक शुक्रबारे युवा क्लब र सह आयोजक सुन्दरहरैचा नगरपालिका रहेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

मोरङमा फेरि पनी रेफ्रि कुटिए

आयोजक डाँगीहाटलाई हराउदै पथरी स्पोटिङ क्लव पगरीशनिश्चरे विजयी

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

सडन डेथमा बिराटनगरलाई हराउँदै डिएफसी दुधे सेमिफाइन प्रबेश

सामुदायीक विध्यालयका ६१ मुसर बालबालीकालाई नाल्वोको सहयोग

प्रदेश सरकारको बजेट पथरीमा मनोमानी

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

दोस्रो पथरी शनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि डागिहाटलाई

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

तपाईको प्रतिक्रिया