प्रदेश १ का ६ शहरमा विद्यालय बन्द

इटहरी / सोमबार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय अनुरसार प्रदेश एकका ६ शहरका विद्यालय विदा हुने भएका छन् । सरकारले प्रदेश एकका बिराटनगर, इटहरी, धरान, मेचीनगर, बिर्तामोड र दमकका विद्यालय तथा क्याम्पसहरु विदा गर्ने निर्णय गरेकाे हाे ।

साथै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द भएका छन् । भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

सरकारले तोकेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुबाहेक अन्य नगरपालिका र गाउँपालिकाका शैक्षिक संस्थाहरुको पठन–पाठन भने सुचारु हुनेछ ।

मन्त्रिपरिषद् बैठककाे निर्णय उल्लङ्घन गर्दै इटहरीमा विद्यालय सञ्चालन

तपाईको प्रतिक्रिया