आइतबार थप १०९६ जनामा कोरोना भाइरसको संक्रमण, ८ जना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०९६ जना नयाँ संक्रमित थप भएका छन् । आरटी–पीसीआर विधिबाट ५ हजार ७८३ जनाको स्वाब परीक्षण गर्दा १०१५ जना र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८४ हजार ६७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३०० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु ह’नेको संख्या ३ हजार ८३ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया