थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / पछिल्लो २४ घन्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा गर्दा क्रमश: ५८० र २३ जनामा संक्रमण देखिएकाे हाे ।

हालसम्म मुलुकभर ४०५६ जना कोरोना संक्रमित छन्। जसमध्ये ३५९९ जना होम आइसोलेशनमा छन् भने ४५७ जना संस्थागत आइसोलेशनमा रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा मात्र २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल मुलुभरका विभिन्न अस्पतालमा ८० जना आइसियुमा र २५ जनालाई भेन्टिलेटर दिएर आइसियुमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए।

तपाईको प्रतिक्रिया