प्यूठान दुर्घटना : प्रशासकीय अधिकृत सहित ५ जनाकाे मृत्यु

प्यूठान / प्यूठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बुधबार दिउँसो भएको दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी, मुसिकोट नगरपालिका–३ बस्ने का २२ वर्षका सवारी चालक केशव कार्कीको मृत्यु भएको हाे ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी लिएर प्यूठानको स्वर्गद्वारीकालागी लु १ ज १६५५ नम्बरको जिप गएकाे थियाे । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया