इटहरीमा नहरमा डुबेर दुई बालकको मृत्यु

इटहरी / सुनसरीकाे इटहरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएकाे छ । इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको हाे । मृत्यु हुनेमा ईटहरी-७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलवार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीय र प्रहरीले फेला पारी उपचारको लागी घोपा धरान लगिएको थियाे । उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया