थप २६० जनामा कोरोना संक्रमण

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको हो ।

यस्तै, २४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परीक्षण भएका छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ नै रहेको छ ।

तपाईको प्रतिक्रिया