प्लाई उद्योगमा लागेकाे आगो २४ घण्टापछि नियन्त्रणमा

इटहरी / इटहरी उपमहानगरपालिका वडा नं १० मा रहेकाे तिरुपति प्लाई उद्योगमा भएकाे २४ घण्टा पछि आगलागी नियन्त्रणमा आएकाे छ । इलका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार प्लाई उद्योगमा साेमबार विहानबाट भएकाे आगलागी मंगलबार विहान मात्र नियन्त्रणमा आएकाे हाे ।

आगलागीबाट उद्योग पुर्ण रुपमा क्षेति भएकाे छ । आगोबाट उद्योगकाे १० प्रतिशत सामग्री भने जाेगिएकाे डिएसपी केसीले बताए । आगोलाई नियन्त्रणमा लिनका लागि १५ दमकल सहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानिय २४ घण्टा खटिएको डिएसपी केसीले बताए । उद्योग भित्रका प्लाईहरुमा आगो निभाउने क्रम जारी रहे पनि यसलाई नियन्त्रणमा आएको भन्नुपर्ने डिएसपी केसीको भनाई छ ।

इटहरीकाे प्लाई उद्योगमा आगलागी

तपाईको प्रतिक्रिया