एमालेका मन्त्रीले दिए राजीनामा

कर्णाली / नेकपा एमालेका तीनजना मन्त्रीहरुले कर्णाली प्रदेश सरकारकाे मन्त्री पदबाट संयुक्तरुपमा राजीनामा दिएका छन् । एमाले बाट मन्त्रि बनेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । उनीहरु एमालेमा माधवकुमार नेपाल पक्षका संसादहरु हुन् ।

संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया