विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।विराटनगरस्थित कर्भड हलमा वैशाख १२ देखि १५ गतेसम्म विराटनगर ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक विनोद डाँगीले जानकारी दिए ।

शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा क्लबले गत वर्षदेखि प्रतियोगिता आयोजना गर्न थालेको हो । डाँगीका अनुसार प्रतियोगिता खुला भएकोले सबै खेलाडीले भाग लिन सक्ने छन् ।

प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । १७ वर्ष मुनिका छात्र÷छात्रा, मेन्स सिङगल, उमेन्स सिङगल, ४५ वर्षमाथि र ५५ वर्षकाबीच प्रतिस्पार्धा हुनेछ । प्रतियोगिताका विजेताले नगद २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार रुपैयाँका साथै तेस्रो हुनेले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया