उर्लाबारीमा १२ वर्षीय बालीका बलात्कृत

उर्लाबारी / मोरङको उर्लाबारी ७ मा एक १२ वर्षिया बालिका बलात्कृत भएकी छिन । बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा बलात्कारमा परेको बताइएको छ ।

तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका स्थायी ठेगाना भई हाल सुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने वर्ष २५ का गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।

फेसबुकबाट चिनजान भएर साथी बनेका उनिहरु उर्लाबारी ७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।

बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।
बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।

तपाईको प्रतिक्रिया