पूर्वराजा ज्ञानेन्द्रको चिया बगानमा आगलागी

दमक / झापाको दमकमा रहेको हिमालय गुडरिक चिया बगानमा आगलागी भएको छ । दमक–९ मा रहेको हिमालय गुडरिक चिया बगानमा बुधबार साँझ आगलागी भएको हो।

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको सो बगानको दक्षिणपश्चिमपट्टी बगानमा आगलागी भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय कुमार धिमालका अनुसार सो स्थानमा लागूऔषध गाँजा खानेहरूको जमघट भइरहने भएकाले यस्तै ब्याक्तीहरुले त्यहाँ आगो लगाएको हुन सक्ने बताए ।

आगलागीको खबर पाएर पुगेको दमक नगरपालिकाको दमकल सडक नभएका कारण सो बगानभित्र प्रवेश गर्न नसकेपछि स्थानीयवासीहरु मिलेर करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

तपाईको प्रतिक्रिया