इलाममा श्रीमती, छोरी र छिमेकीलाई खुकुरी प्रहार गरी आत्महत्या

इलाम / इलाम–३ पुवामझुवाका एक पुरुषले श्रीमती, छोरी र छिमेकी किशोरलाई खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । पुवामझुवाका ५२ वर्षीय देउराम राईले शनिबार ४४ वर्षीया श्रमिती कमला राई, १२ वर्षीया छोरी प्रनिषा राई र छिमेकी १५ वर्षीय अनुप राईलाई अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

टाउँको, हात, जीउमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारपछि घरबाट अन्दाजी दुई सय मिटर तल देउराम झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घाइतेहरुको उपचार हाल विर्तामोडस्थित बिएण्डसीमा उपचार भइरहेको जानइएको छ । श्रीमती कमला राईको अवस्था गम्भीर रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया