ताेरी बेच्न हिडेका दीपक ४० वर्षपछि कारागारमा भेटिए

इलाम / इलाम स्थीत घरबाट हराएका एक पुरुष ४० वर्षपछि भेटिएका छन् । घरबाट हराएको मानिस ४० वर्षपछि जिउँदो भेटिने घटना विरलै हुन्छ । विस २०३७ सालमा इलामबाट हराएका दीपक जैसी मिम्सिना भारतको कोलकाताको एउटा कारागारमा भेटिएका हुन् ।

बीबीसीका अनुसार इलाम स्थीत घरबाट हराउँदा २० वर्षका थिए दीपक । केही दिन अघि आफन्तले उनलाई कोलकता स्थीत जेलमा भेटेका थिए । उनी विरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरिएको थियो । तर चार दशकसम्म सो मुद्दा किनारा लागेको छैन । मुद्दा किनारा नलागेका कारण उनी कारागारमै बसेका हुन् ।

-छोरा भेटिएपछि हर्षित आमा धनमाया तिम्सिना । तस्बीर : बीबीसी नेपाली सेवा

बीबीसी नेपाली सेवासँग परिवारका सदस्यहरूले बताए अनुसार दीपक ज्योतिष विद्यामा चासो राख्थे । एक दिन उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडेका थिए । तर त्यसपछि कहिले पनि घर फर्केर आएनन् ।

आफन्तले माया मारिसकेका थिए । तर केही दिन अघि आफन्तले जेलमा भेटेका थिए । दीपकका काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाका केही दिन अघि कलकतामा उनलाई भेटेका थिए ।

तपाईको प्रतिक्रिया