श्रीमतीको हत्या गरी फरार रहेका शेर्पा पक्राउ

तेह्रथुम / श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका-१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ३ गते घरायशी बादबिबादको बिषयलाई लिएर झै-झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरेका थिए ।

हत्या गरेर फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन-९ गते झापाको काकडभिट्टाबाट पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया