बेलौरीमा श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या

कञ्चनपुर / कञ्चनपुरको बेलौरीमा श्रीमतिले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने अन्दाजी २८ बर्षीया बसन्ती चौधरीले आफ्नै ३० बर्षीय श्रीमान ओम कुमार चौधरीको मंगलबार विहान धारिलो हतियार फरुवाले प्रहार गरि हत्या गरेकी हुन् ।

हत्यापछि श्रीमति स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गएर श्रीमानको हत्या गरेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतिलाई काठमाण्डौँमा बसाएको आरोपमा हत्या गरेको स्विकार गरेकी छिन् । हत्यापछी श्रीमति ईलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणम रहेकी छिन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया