प्रधानसेनापति थापालाई बोलाएर प्रधानन्यायाधीशले दिए निर्देशन

काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सेनाका टहरा हटाउन निर्देशन दिएका छन् । सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन थापालाई निर्देशन दिएका हुन् । मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा दिउँसो १ बजे सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको नयाँ बन्ने भवनका लागि हाल सेनाले प्रयोग गर्दै आएको जग्गा खाली गरेर सहयोग गर्नका लागि प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई आग्रह गरेका हुन् । नेपाली सेनाका प्रवक्त सन्तोष बल्लभ पौडेलले प्रधानसेनापति जग्गाको विषयमा कुरा गर्न सर्वोच्च अदालत गएको पुष्टि गरेका छन् ।

तपाईको प्रतिक्रिया