गर्मी मौसममा केटाकेटीको हेरचाहमा ध्यान राख्ने यस्ता छन् उपाय, जानी राखौँ

बदलिदो मौसम र बढ्दो तापक्रममा करण केटाकेटीहरू बढी रोगबाट प्रभावित हुन्छन । मानिसलाई फिभर, डीहाईड्रेशन, टाउको दुख्नु र गर्मीको कारणले थकानको महसूस हुन्छ । यस मौसमको सबैभन्दा बढी असर केटाकेटीलाई र वृद्धालाई पर्दछ ।

विशेषगरि केटाकेटीहरू घाममा पटक-पटक जाने र फोहोर हुने गर्छन, जसले गर्दा रोगि चाँडो हुने गर्छन । केहि यस्ता किसिमको उपाय अपनाई तपाई आफ्नो केटाकेटीलाई गर्मी मौसममा विशेष हेरचाह गरि विभिन्न रोग र समस्याबाट बचाउन सक्नुहुन्छ ।

-केटाकेटीलाई बाहिर घाममा खेल्न दिनु हुँदैन ।

-केटाकेटी बाहिर घामबाट आउने बित्तिकै चिसो पानी पिउन दिनु हुँदैन ।

-केटाकेटी बाहिर घामबाट आउने बितिकै पसिना भएको कपडा बदल्नु पर्छ ।

-केटाकेटी बाहिर जाँदा सधैँ पानीको बोतल दिनु पर्छ ।

-गर्मी मौसममा केटाकेटी बाहिर जानु भन्दा अघि पूर्ण रुपमा कटन कपडा लगाईदिनुपर्छ ।

-केटाकेटीलाई बाहिरको खाना खानबाट रोक्नुपर्दछ ।

-दिनमा केटाकेटीलाई दुई पटक नुहाउनु पर्दछ ।

-केटाकेटीलाई गर्मीमा फलफुल, जूस, सूप आदि प्रयाप्त मात्रामा पिउन दिनुपर्छ ।

-केटाकेटीलाई पानीमा ग्लुकोज मिलाएर पिउन दिनुपर्छ ।

-केटाकेटीलाई स्याउ र दहि अनिवार्य रुपमा खान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया