इटहरीमा प्रदेश १ भेट्रानकप फुटबल हुने

काठमान्डाैं / इटहरी स्थित हाम्रो भेट्रान क्लबले प्रदेश १ अन्तर जिल्ला भेट्रानकप फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । क्लबले विहीवार पत्रकार सम्मेलन आयोजना गरी फागुन १३ गते देखी प्रतियोगीता सञ्चालन गर्न तयारी गरिएको जानकारी दिएको हो । प्रतियोगीता इटहरी उपमहानगरपालिकाको संयोजनमा हुन लागेको हो ।

प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटा समेत १२ वटा टिम सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मन्दिपकुमार राईले बताए । प्रतियोगीताको विजेता टिमलाई पुरस्कार स्वरुप ५५ हजार रुपया प्रदान गरिने छ । उपविजेता टिमलाई ३१ हजार रुपया दिइने छ ।

प्रतियोगीता इटहरी–५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुने बताइएको छ । फागुन २२ गते सम्म चल्ने प्रतियोगीतामा कुल १२ लाख रुपैया खर्च हुने क्लबले अनुमान गरेको छ । अध्यक्ष राईका अनुसार प्रतियोगिताको उद्धघाटन र समापन इटहरी उपमहानगरपालि प्रमुख द्धवारिकलाल चौधरीले गर्ने छन् ।

तपाईको प्रतिक्रिया