प्रहरीसमक्ष भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् ।

४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेपनि बलात्कार भने नगरेको दाबी गरेका थिए । पोष्टमार्टम प्रतिवेदनले भने बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो । भट्टले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए र बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।

प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडीसमेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हत्यापछि घडी र मोबाइल झरेको उनले बताएका थिए ।

तपाईको प्रतिक्रिया