महिला सिद्धबाबा संग मोहित भई शरीर समर्पण, राती सहमतिमै यौनसम्पर्क भएको तथ्य स्थापित (पूर्ण पाठ सहित)

इनरुवा / अनुयायी माथि बलात्कारको अभियोगमा अदालतबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपरको जबरजस्ती करणी सम्वन्धि मुद्धाको पूर्ण पाठ सार्वजनिक भएको छ । सुनसरी जिल्ला अदालतले तयार पारेको उक्त मुद्धाको पूर्ण पाठ ७५ पेजको रहेको छ । जिल्ला न्यायाधिश अर्जुनप्रसाद कोइरालाले प्रमाणिकरण गरेको पूर्ण पाठमा गिरीलाई सफाइ दिनुको कारण खुलाइएको छ ।

२०७७ मंसिर २२ गते भएको फैसला उपर तयार पारिएको पूर्ण पाठमा अनुयायी महिला र सिद्धबाबा बिच सहमतिमै सम्बन्ध स्थापित भएको देखिएकाले बलात्कार हुन नसक्ने भनिएको छ । सोही अनुरुप सहमतिमा भएको करणीलाई बलात्कार भन्न नसकिने भन्दै गिरीलाई सफाई दिने फैसला भएको पूर्ण पाठमा उल्लेख छ ।

फैसलाको पूर्ण पाठमा स्वयं अनुयायी समेत रहेकी जाहेरवाली महिला सिद्धबाबा संग मोहित भई शरीर समर्पण गर्न तयार बनेको उल्लेख छ ।
सिद्धबाबा सँग भेट्न चाहेको र ताकेता गरेको जस्ता विषयले अनुयायी पूर्ण रुपले मोहित भई समर्पणको लागि तयार रहेको अवस्थाका बिच पूर्ण होसहवासमा सहमतिमै दुवै बिच यौन सम्पर्क भएको अदालतले तयार पारेको पूर्ण पाठमा जनाइएको छ । जिल्ला न्यायाधिश अर्जुनप्रसाद कोइरालाले तयार पारेको पूर्ण पाठमा जाहेरवाली अनुयायी प्रतिवादी सँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणीलाई जबरजस्ती करणी भन्न नसकिने हुँदा प्रतिवादी उपरको अभियोग दाबी स्थापित हुन आएन भनेर भनिएको छ ।

सुनसरी जिल्ला अदालतले सिद्धबाबाले गल्ती भयो, लिङग काटेर फालिदिन्छु भनेर माफी मागेको विषयलाई उनीहरु बिच शारीरिक सम्वन्ध रहेको भनी ठहर गरेको छ । पूर्ण पाठमा फोन संवादको अडियो प्रतिवादैकै हो भनिएको छ । आदानप्रदान भएका म्यासेन्जर कुराकानी समेत जाहेरवाला र प्रतिवादीकै भएको पाइएकाले निजहरु बिच वारदात भनिएको राती सहमतिमै यौनसम्पर्क भएको तथ्य स्थापित भएको पाइयो भनि फैसलामा उल्लेख छ । फैसलामा पीडित पक्षका कतिपय प्रमाणहरु भने अस्विकार गरिएको छ । जाहेरवालाको तुलनामा प्रतिवादी तर्फबाट प्रेषित सन्देश नगन्य हुनु, शारीरिक चोट नदेखिनु जस्ता विषयलाई सिद्दबाबाको सफाईको आधार मानिएको छ ।

जबरजस्ती करणीको अभियोग लागेका गिरी उपर गत मंसि २२ गते जिल्ला अदालत सुनसरीले एकतर्फी बहस पश्चात सफाइ दिएको थियो ।
२०७६ कात्तिक ४ गते आश्रममा बोलाएर सिद्धबाबाले आफुमाथि बलात्कार गरेको अनुयायी महिलाको अरोप थियो । २०७६ पुष १० गते गिरी उपर मुद्धा दायर भएको थियो ।

पूर्ण पाठकाे लागि यहाँ किल्क गर्नुहाेस्

 

तपाईको प्रतिक्रिया