मिलेमोतोमा यसरी बेचियो लायन्स क्लब बेलबारीको एम्बुलेन्स

बेलबारी / लायन्स क्लब बेलबारीको नाममा ७ बर्षअघि बेलबारीमा आएको एम्बुलेन्स क्लबकै पुर्वपदाधिकारीहरुको नेतृत्वमा बिक्री भएको खुलासा भएको छ ।राजश्व छुटसहित बेलबारीका जनताको सुबिधाका लागि भन्दै ल्याईएको एम्बुलेन्स अचानक गायब भएपछि खोजी गर्ने क्रममा बिक्री भएको प्रमाणसहित फेला परेको छ । लायन्स क्लबले बेलबारीमा सन २०११ मा एम्बुलेन्स खरिद गरिएको र बि.स २०७० बैशाख ३ गते एक बर्ष पनि नबित्दै बिक्री गरिएको पाईएको छ ।

क्लबका पुर्व पदाधिकारीहरुकै संलग्नतामा बिक्री समिति समेत बनाएर को १ च ५७९४ नम्बरको टाटा मोटर लि.भारत टाटा सुमो २०११ सिलिण्डर संख्या ४ सि.सि १९४८ सिसि चेसिस नम्बर एम.ए।टी ३८५०५६ए ९ पी ३७९७३ ईन्जिन नम्बर पी,जेड,५.७२३५२५ नम्बरको सेतो रङको एम्बुलेन्स तत्कालीन लेटाङ गाबिस वडा नम्बर ५ का भक्तबहादुर राईलाई ९ लाख २५ हजारमा बिक्री गरेको पाईएको छ । राईले समेत सो एम्बुलेन्स बिराटनगरका एक ब्यत्तिलाई बिक्री गरिसकेको खुलेको छ ।

सामाजिक संस्थाले समुदायको हितका लागि राजश्व छुटमा खरिद गरेको एम्बुलेन्स केही ब्यत्तिहरुले निजि स्वार्थका लागि बिक्री गरेको र सांसद बिकास कोषको रकम समेत हिनामिना भएको प्रष्ट देखिन्छ । एम्बुलेन्स बिक्री भएपछि हरेक बर्ष लायन्सका अध्यक्ष फेरिएपनि एम्बुलेन्सको खोजी नभएको र सन २०२० का अध्यक्ष खेमप्रसाद गौतम र सचिब तिर्थराज सिग्देल लगायतले एम्बुलेन्सको खोजी गरेपछि एम्बुलेन्स बिक्री भएको पाईएको थियो । मोरङको बेलबारीमा सन २००८ नोभेम्बर ११ मा स्थापना भएको क्लबको स्थापना पछि बेलबारीमा क्लबले बिभिन्न सामाजिक क्रियाकलाप समेत गरेको छ । लायन्सको बेलबारी नगरपालिकाका हालका मेयर ज्ञानेन्द्र सुवेदी संस्थापक अध्यक्ष हुन । त्यसपछि बेलबारी गाबिसका तत्कालीन गाबिस अध्यक्ष शिवप्रसाद बराल,हाल बेलबारी नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदी लगायत आधा दर्जन बढी ब्यत्तिहरु अध्यक्ष भईसकेका छन । एम्बुलेन्स जहाँ जुनसुकै अबस्थामा भएपनि फिर्ता गर्ने अभियानमा आफुहरु लागेको अध्यक्ष गौतम बताउँछन ।

एम्बुलेन्स कति रकममा किनिएको र कति पैसा बिक्री पछि बाँडिएको भन्ने कहिँकतै उल्लेख छैन । बिक्री गरिएको कागज भने प्राप्त भएको छ । सोही कागजमा क्लबका पुर्व पदाधिकारीहरुले बिक्री गरेको सम्झौता र हस्ताक्षर रहेको छ । यसैबिच लायन्स क्लब अफ बेलबारीको ७ बर्ष अघि बिक्री भएको एम्बुलेन्स फिर्ता हुनुर्ने माग सहित क्लबका पदाधिकारीहरुले बिराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरेका छन ।

नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा लायन्स क्लब बेलबारीका अध्यक्ष खेमप्रसाद गौतम,सचिबल तिर्थराज सिग्देल,पुर्ब अध्यक्ष कमल श्रेष्ठ लगायतले पत्रकार सम्मेलन गरि बिक्री भएको एम्बुलेन्स बेलबारीमा फिर्ता गर्न माग गरेका हुन । सो एम्बुलेन्स फिर्ता गर्न पटक पटक पुर्बअध्यक्षहरु सँग माग गर्दा समेत बेवास्ता गरेका कारण पत्रकार सम्मेलन गर्नुपरेको र कानुनी बाटो रोज्न बिवश भएको अध्यक्ष गौतमले पत्रकार सम्मेलनमा बताएका छन ।

तपाईको प्रतिक्रिया