प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा
काठमाडौँ / नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको छ । भोलि बिहीबार प्रचण्ड–नेपाल समूहले देशव्यापीरुपमा आमहड्ताल गर्ने घोषणा गरेको छ ।
आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ । ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत जनसभा गर्ने अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो । नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा भोलि नेपाल बन्द गरिएको जानकारी दिए ।
प्रतिक्रिया