कर्मका पुजारी भक्तबहादुर

३६ बर्ष देखि निरन्तर साइकल बनाउँदै

सुन्दरहरैंचा / माेरङ सुन्दरहरैंचा स्थित विराटचाेकका भक्तबहादुर घिमिरे विगत ३६ बर्ष देखि निरन्तर साइकल बनाउँने व्यवसायमा स्रक्रिय रहदै यसैबाट जिविकाेपार्पन गर्दै आएका छन् । भक्तबहादुर अहिले पनि पुस माघकाे चिसाे मुटु काप्ने जाडाेकाे पर्वाह नगरि विहानै देखि साइकलकाे फ्रेम जाेस जागरका साथमा समाउँछन् । उनकाे विराटचाेमा विगत ३६ बर्ष देखि एउटा सानाे पुरानो झुप्राेमा भक्त साइकल स्टाेर रहेकाे छ । शुरुमा यस क्षेत्रमा उनकाे देखि बाहेक अरु कसैकाे साइकल बनाउँने ठाउँ थिएन । अहिले भने यस क्षेत्रमा एक दर्जन भन्दा बढी साइकल मर्मत गर्ने ठाउँहरु रहेका छन् ।

कर्मका पुजारी तथा मेहेनती भक्तबहादुरकाे जिन्दगी हिजाेआज साइकल मर्मतबाटै बाँचेको छ । उमेरले झन्डै ७ दशककाे घामपानी खेपेका भक्तबहादुर अहिले पनि १६ बर्षे जाेश जाँगर लिएर साइकल बनाउँने पेशामा रमाइरहेका छन् । उनकाे साइकल मर्मत गर्ने काम बाहेक जिविकाेपार्जनकाे लागि अरु कुनै पेशा छैन् । देश विदेश गएर काम गर्नु भन्दा केही राम्रो सीप सिकेर आफ्नै देशमा आयआर्जन मूलक काम गर्नु राम्रो भएको भक्तबहादुर बताउँछन् । केहि सीप नभएको मान्छे समाजमा काम लाग्न नसक्ने तथा उसले दुःख पाउँने उनकाे भनाइ रहेको छ ।

भक्तबहादुर ४ दशक अघि साेलुखुम्बुबाट मधेश झरेका थिए । उनी शुरुमा साविक हरैंचा गाविसमा बसाेवास गर्थे । उनले सम्झदा शुरुमा हरैंचा सानाे बजार थियाे । २०४५ साल तिर विराटचाेकमा त झन केही नभएको उनी सम्झन्छन् । पातलाे वस्ति भएकोले झुप्रा घर मात्रै भएकोले ५/ ६ वटा घर ढकाल , गुरागाई ,भण्डारी तथा पाैडेलकाे मात्र भएको भक्तबहादुर बताउँछन् ।

भक्तबहादुरलाई मधेर झरेर हरैंचा आउँदा शुरुमा के काम गरेर परिवार पाल्नु भन्ने चिन्ता आइलाग्याे । समान्य परिवारमा जन्मिएका भक्तबहादुर साउँ अक्षर मात्र चिन्ने साथै कुनै पेशा व्यवसाय नभएका व्याक्ति थिए । उनले केही समय घुमफिर गरि बिताएकाे तथा मेकानिकका साथमा लागेर साइकल बनाउने काम भने सिकेका थिए । भक्तबहादुरले पछि साइकल बनाउँने पेशालाइ नै साथी बनाउँन पुगे । यहि मेराे स्थायी काम भयाे उनले सुनाए ।

भक्तबहादुर बाघकाे जस्तो जुघा पालेर, प्राय जसाे विराटचाेक बजार आसपासमा खाली खुट्टा ढाप्पढाप्प हिडेकाे भेटिन्छन् । बाघकाे जस्तो जुघा पाल्नु आफुलाई साेख भएको तथा हाली खुट्टा हिड्नु स्वास्थ्यकाे लागि फाइदाजनक र राम्रो भएको उनी बताउँछन् । निराेगी तथा हिस्टपुष्ठ शरीर भएकोले भक्तबहादुर अझै तगडै देखिन्छन् । उनकाे घरमा पहिले ६ जानाकाे परिवार थियाे ।

२ जाना सन्तानकाे विवाहा गरे पछि ४ जानाकाे परिवार अहिले साइकल बनाउँने पेशाबाट पाल्ने गरेकाे साथै अरु कुनै पैसा आउँने बाटाे नभएको भक्तबहादुरले उल्लेख गरे । भक्तबहादुर अहिले साइकल मर्मतकाे कामबाट दुःख गरेर मासिक १५ हजार जति कमाउँछन् र यसैबाट घर परिवार चलाउँछन् । उनले सुकुम्बासी टाेलमा वासकाे टाटी भएको सानाे घर बनाएका छन् । भक्तबहादुर तेहि घरमा दु:ख सुख बस्छन् ।

मनमा कुनै छलकपट नभएका तथा खुल्ला दिल भएका भक्तबहादुर सानू ठूलाे कसैकाे भेदभाव नगरी राम्रो व्यवहार गर्न रुचाउँछन् । उनी मरेर लानु केही छैन भन्दै सबै सँग राम्रो बाेली वचन गर्ने स्वाभावका तथा साधा जीवन उच्च विचारका छन् । भक्तबहादुर पुस्तक पत्रपत्रिका पढ्न समेत रुचाउँछन् । उनकाे भक्त साइकल स्टाेरमा प्राय सबै खालका पत्रपत्रिकाहरु आउँने गरेका छन् । उनी पत्रपत्रिकाकाे संरक्षण समेत गर्छन् । विगत लामाे समय देखि साइकल मर्मतकाे सिपमा लागेका भक्तबहादुर साइकलकाे फ्रेम फिटिङ् गर्ने, पम्चर टाल्ने , टुडिङ् गर्ने लगायतका साइकल सँग सम्बन्धित सबै काम दिल दिएर गर्छन् । चिनेजानेका सबै उनकाे पसलमा राम्रो साइकल बनाउँने बाजे भन्दै धाएर आउँछन् । पहिला साइकल किनेर चढ्ने तथा साइकल बनाउँन आउनेहरुले अहिले आधुनिक समय सँगै माेटरसाइकल तथा कार किनेकाे उनी उल्लेख गर्छन् । साइकल बनाउँन साराेगाहाे केही नभएकोले आफ्नाे ध्यानै यसैमा भएको भक्तबहादुरले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया