निगरानीमा विप्लव समूह

ललितपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरूका गतिविधिबारे निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुस २९ गते बागमती गाउँपालिका गिम्दीबाट उनलाई पक्राउ गरेको थियो। फरार प्रतिवादीलाई पक्राउ गर्न जाँदा प्रहरीले बाँस्तोलासहित विवेक कुमाल र रखायल मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भने सोही ठाउँबाट फुत्किएका थिए। पक्राउ परेका तीनै जनालाई महानगरीय प्रहरी परिसरमा राखिएको छ। उनीहरूलाई पक्राउ गर्दा ल्यापटप, डायरीलगायत सामग्री बरामद भएपछि त्यसैको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया