अर्घाखाँचीमा आफ्नै बाबुले गरे दुई वर्षीय छोरीको हत्या

अर्घाखाँची / अर्घाखाँचीमा एक बाबुले दुई वर्षीय छोरीको हत्या गरेका छन् । केही महिनादेखि श्रीमती माइतमा गाएकाले बाबुसँगै बसेकी दुई वर्षीया छोरीको हत्या गरेका हुन् ।

अर्घाखाँची को शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेकाे इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएकाे छ । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया