‘प्रधानमन्त्री ओलीलाई पार्टीको चिन्ह बयलगाडा राख्न सुझाव’

पाँचथर / नेकपा प्रचण्ड नेपालका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब पाटी फुटाएर चिन्ह बयलगाँडा राख्न सुझाव दिएका छन् । पाँचथरको फिदिममा नेकपाको वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्वोधन गर्दे नेता नेपालले अव पाटीको आधारिक्ता र सूर्य चिन्ह आफूहरुले पाउने दाबी गरे ।

उनी प्रतिगामी,संघियता,गणतन्त्र विरोधी भएको हुँदा बयलगाडा चढेर अमेरिका जाने मनसाय ब्यक्त गर्ने सोच भएको ब्यक्ति हुँदा उनले सूर्य चिन्ह पाउने हैन् पाटी नयाँ स्थापना गरेर पाटीको चिन्ह बयलगाडा राख्न सुझाव दिए । उनले अव संसद पुर्नस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको भन्दै अव संसद पुर्नस्थापना पछि के.पी.ओलीको हालत हुने बताए ।

उनलाई नेकपाले अव साधारण सदस्य समेत नरहने गरी चिठी पठाउने तयारी गरिरहेको बताए । पूर्व सभामुख सुवास नेम्बाङले हिजो सभामुख रहँदा संसद भंग गर्न पाईँदैन् भन्ने आज ओलीको गुटमा गएपछि चुप लागेर बस्ने भन्दै उनलाई पनि आफै तिर आउन आग्रह गरे । यस्तै नेकपाका नेता जनार्दन शर्मा प्रभाकरले केपी ओली सामन्तवादी प्रवृतिका विरुद्ध हामी सवै एकजुट भएर लडनुपर्ने बेला आएको बताए ।

ब्यक्तिवादी प्रवृतिको अन्त्य गर्दे पाटीमा विधी,पद्धति र संस्कार विकाश गर्नुपर्ने उनको जोड थियो । अहिलको उपलब्धिलाई रक्षा गर्दे उनले शान्तिपूर्ण आन्दोलन मार्फत संविधान रक्षा गर्नुपर्ने समय आएको बताए । यस्तै नेकपाका नेता तथा पूर्व प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो मौसमले भष्मासुर के.पी.ओली प्रवृतिलाई प्रतिगामीको संज्ञा दिँदै घुँडा टेकाएर छोड्ने बताए ।

अहिलकोे परिस्थितिमा चुनाव हुनै नसक्ने दावी गर्दे उहाँले अव संसद पुर्नस्थापना भई छोड्ने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया