फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ

काठमाडौं / सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको अवसरको विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जब भ्याकेन्सी पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गर्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दोलखाको जिरी नगरपालिका वडा नं ८ घर भई हाल काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्कालाई पक्राउ गरेको हो ।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया