दुवै मृगौला फेल भएकी सिताकाे याचना, सहयोग पाए बाच्ने थिए

इटहरी / सुनसरीको इटहरी ४ की ४७ बर्षिया सिता कुमारी ओस्ति लामो समय देखि मृगौला रोगले पिडित छिन् । बिगत ७ बर्ष देखि मृगौलामा समस्या देखिएकी उनको अहिले दुवै मृगौला फेल भएको छ । बिगतमा मृगौलामा सस्मया हुदा भरतमा गएर उपचार गरे पश्चात निको भएको थियो । तर बिगत तिन बर्ष देखि भारत जान नसकेकाे र नेपालका बिभिन्न अस्पतालमा उपचार गर्दा डाक्टरले भारत जान सल्लाह दिएको परिवारले बताएको छ ।

नेपाल उपचार गर्दा सबै पैसा सकिएको र अहिले भारत लैजान आर्थिक समस्या भएको परिवारको भनाइ रहेको छ । अहिले आर्थिक अभावले औषधि समेत खान नपाएको बिरामी बताउछिन् । भएको सबै सम्पति सकिएको र घर समेत बैंकले लिलामको प्रकिया सुरू गरेको उनले बताइन् । पहिले भारतमा गएर उपचार गराउदा निको भएकाले फेरि एक पटक भारत जान पाए बाच्ने आसा रहेको उनले बताइन् । अहिले रोगले धेरै च्याप्दै गएको र छिटै उपचार पाए बाच्ने सानो आसा रहेको उनी बताउछिन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले परिवारले सहयोगको याचना रहेका छन् । उनका दुइ छोरा र श्रिमान उनको उपचारको रकम जुटाउन लागि परेका छन् । एक पटक भारत लगेर उपचार गर्न पाए श्रिमती बचाउन सकिन्छ कि भन्ने लागेको उनका श्रिमानले बताए । उनको परिवारलाइ अहिले सहयोगको खाचो रहेको देखिन्छ । सहयोग जुटे छिटै भारत गएर उपचार गरेर निकाे हुने चाहानमा उनमा देखिन्छ ।

सहयोगका लागी ९८१९०४८९०४,९८४२०३७४१०,९८०७०२२६०४ मा सम्पर्क गर्न सकिने छ । साथै NIC ASIA मा सिता कुमारी ओस्तिको नाममा रहेको खाता नम्बर २५४४१५०९९२३२७००१ मा रकम जम्मा गर्न समेत सकिने छ ।

तपाईको प्रतिक्रिया