चन्द्रागिरिमा एक पुरूषको हत्या

काठमाडौं / काठमाडौंको चन्द्रागिरिमा पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि २ मसिने बस्ने २२ वर्षीय रामकृष्ण तामाङ रहेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले लेनदेनकाे विवाद हुँदा रामकृष्णले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस्ने ५२ वर्षीय हाेम बहादुर सुदारको हत्या गरेको बताए ।

डिएसपी घनश्याम श्रेष्ठले भने,‘एक जना पुरूषकाे हत्या भएकाे भन्ने सूचना हामीलाई हिजो राति ११ बजे प्राप्त भयो । तत्काल आवश्यक अनुसन्धान पूरा गरी सबै नाका सिल गरी एक जनालाई नियन्त्रणमा लिएका छाैं ।’

लेनदेनकाे विवाद हुँदा होमबहादुरलाई टाउकाे र शरीरका अन्य भागमा लाैराेले हिर्काउँदा मृत्यु भएकाे आराेपितले स्वीकार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे उनले बताए ।

तपाईको प्रतिक्रिया