काठमाडौँ / प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाई हुँदैछ । पुस २२ गतेपछि आज सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो ।
२२ गते न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि एकसाताका लागि पेशी सारिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपना प्रधान मल्ललाई इजलासमा राखेका छन् । न्यायाधीश मल्ल २०६४ सालको संविधानसभा निर्वाचनपछि तत्कालीन नेकपा एमालेको कोटाबाट समानुपातिक सभासद्समेत बनेकी थिइन् ।