विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा वृद्धाको मृत्यु

विराटनगर / विराटनगरमा भएको सिटी सफारी दुर्घटनामा परेर घाइते भएकी एक वृद्धा महिलाको उपचारका क्रममा ज्यान गएको छ । विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो १ बजेतिर सफारी दुर्घटनामा परेको थियो । दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा दिउँसो १ः३० बजेतिर न्युरो अस्पतालमा ज्यान गएको हो ।

सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी सडकबाट पल्टिएर खाल्डोमा पर्दा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् । प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया