२५ दिनपछि नेकपा अध्यक्षद्वय बीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं / संवादहीनता तोड्दै २५ दिनपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।

कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइरहेको बताइएकाे छ । यसअघि ओली निकटका नेताहरुले सहमतिको प्रयासमा प्रचण्डसँग निरन्तर भेटघाट र छलफल गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया