मोरङको ग्रामथानमा ट्याक्टरले किचेर चालकको मृत्यु

विराटनगर / मोरङको ग्रामथानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ८ः३० बजेतिर ग्रामथान गाउँपालिका–१ स्थित सिंघीया खोलाको गोकुवा पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परेर को १ त ८८१३ नम्बरको ट्याक्टरका चालकको ज्यान गएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

अन्दाजी ३५/४० वर्षीय मृतकको पहिचान खुलेको छैन । पूर्वतर्फ जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ट्याक्टरले किचेर मृत्यु भएको अवस्थामा एक घण्टाभन्दा बढी समय लगाएर प्रहरीले शव बाहिर निकालेको थियो ।

दुर्घटनास्थलमा भेला भएका स्थानीय

शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ । घटनास्थलमा ठूलो संख्यामा भेला भएका स्थानीय बासिन्दाले पनि मृतक चालकलाई आफूहरुले नचिनेको बताएका छन् ।

तपाईको प्रतिक्रिया