विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर / कोरोना भाइरस संक्रमित एक महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ । न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सोमबार बिहान ८ बजेतिर ५५ वर्षीया महिलाको ज्यान गएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार मृतकको ठेगाना इलामको देउमाई नगरपालिका–६ हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको आचार्यले बताए ।

गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा ज्यान गएको जानकारी उनले दिए । महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया