नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेकाे छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् । कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्दैछन् ।

प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

तपाईको प्रतिक्रिया