प्रधानमन्त्री ओली ताप्लेजुङकाे घुन्सामा

ताप्लेजुङ / प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा आइपुगेका छन् । प्रधानमन्त्री ओलीसँग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि घुन्सा आइपुगेका हुन् । घुन्सावासीले उनीहरूलाई स्वागत गरेका छन् ।

घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आएका हुन् । फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारि दिएका छन् ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसअघि कात्तिक २६ गते बीओपीको निरीक्षण गर्न प्रधानमन्त्री ओलीले संखुवासभा गएका थिए ।

तपाईको प्रतिक्रिया