बीपी प्रतिष्ठानमा २ कोरोना संक्रमितको मृत्यु

इटहरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुन्दरहरैंचा ६७ वर्षीय पुरुष र इलाम–१ का २५ वर्षीय पुरुष मृत्यु भएको हो ।

मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जानकारी दिएकाे छ । यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया