अमेरिकी सेनामा कार्यरत नेपाली युवकको मृत्यु

काठमाडौं / अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा उनकाे मृत्यु भएकाे हाे ।

गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएकाे छ ।
समाचारमा उल्लेख गरिएअनुसार उनी चढेको कार अवैध पार्किङ गरिएको मालवाहक ट्रकमा ठोक्किएको थियो । दुर्घटनापछि करिब २५ मिनेट कारभित्रै थुनिएका उनलाई एम्बुलेन्सबाट सेन्ट म्यारिज रिजनल मेडिकल सेन्टरमा लगिएको थियो ।

करिब ५ वर्षअघि अध्ययन गर्न अमेरिका गएका सुरेश तीन वर्षअघि अमेरिकी सेनामा भर्ती भएका थिए । उनका बाबु, आमा, हजुरआमा, दिदी र भाइ नेपालमा नै छन् । अमेरिकी सेनामा भर्ती भएपछि उनी एक पटक नेपाल आएका थिए ।

तपाईको प्रतिक्रिया