मलेसियामा नेपालीद्वारा छुरा प्रहार गरि आइतमायाको हत्या

क्वालालम्पुर। मलेसियामा एक नेपाली युवकले छुरा प्र’हार गरी युवतीको ह’त्या गरेका छन्। बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत युवतीको हत्या भएको हो।छुरा प्रहार गर्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नि’यन्त्रणमा लिइसकेको छ। त्यहीँ कार्यरत नेपालीले दिएको जानकारीअनुसार सिक्किमकी आइतमाया मगरको हत्या गरिएको हो।

दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो। मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर शव उठाइसकेको छ। घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई बिहीबार जानकारी गराइने भएको छ।
हत्यामा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा रक्सी खाएर बसिरहेका थिए। छुरा प्रहारपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन्। सिक्किम घर भएकी मृतक मगरको नेपाली पासपोर्ट छ। प्रहरीले थप अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया