इंग्लिस प्रिमियर लिग : केनको गोलमा टोटेनहमको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ब्रुमको मैदानमा खेलको ८८औँ मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले जित निकालेको हो । म्याट डोहेर्टीको पासमा केनले निर्णायक गोल गरेका थिए ।

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ । वेस्ट ब्रुम भने ८ खेलमा ३ अंक जोडेर १८औँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया