मोरङको उर्लाबारीमा बीभत्स अवस्थामा महिलाको शव फेला, ‘हिट एण्ड रन’ हुनसक्ने प्रहरीकाे अनुमान

पथरी / मोरङको उर्लाबारीमा बीभत्स अवस्थामा महिलाको शव फेला परेकाे  छ । उर्लाबारी-४ स्थित पूर्वपश्चिम राजमार्गमा शनिवार साँझ अन्दाजी वर्ष ३० कि एक महिलाको शव बीभत्स अवस्थामा फेला परेको  हाे ।

सो शवको पहिचान खुल्न सकेको छैन । घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएकाे छ । महिलाको शव पोस्टमार्टमको लागि मगलबारे अस्पतालमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया